Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

तीनजना किसान पुरस्कृत

तीनजना किसान पुरस्कृत

  • 302
    SHARES
  • तीनजना किसान पुरस्कृत

    सुनसरी । सुनसरीका तीन किसान पुरस्कृत भएका छन् । आधुनिक उपकरण प्रयोग गरि कृषि कर्म गर्दै आएका उनीहरूलाई यहाँ आयोजित एक कार्यक्रममा पुरस्कृत गरिएको हो ।

    इनरूवामा मकै उत्पादन गर्दै आएका हरिप्रसाद मेहता र केरा उत्पादन गर्ने पावर्ती मेहता तथा भोक्रहा नरसिंहका गोलभेँडा उत्पादन गर्ने किसान दाउद अन्सारी पुरस्कृत भएका हुन् ।

    एकता किसान कृषि सहकारीले शुक्रबार आयोजना गरेको कृषि उत्पादन प्रदर्शनीमा तीनैजनालाई सम्मानित गरिएको थियो ।

    सहकारी अध्यक्ष डा.सदानन्द साहका अनुसार आधुनिक कृषिजन्य उपकरण प्रयोग गरेर उत्पादन बढाएर कृषिमा आत्मनिर्भर भएका किसानलाई सम्मान गरिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij