वेबटिभी खबर
काठमाडौं । पशुपति क्षेत्रमा सञ्चालित मेलाबारे छानबिन गर्न समिति गठन गरिएकाे छ ।
महाशिवरात्रीको अवसर पारेर ७ दिनसम्म मेला चल्न ठेक्का दिएपनि १८ दिनसम्म चलेको पाइएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार छानबिन समिति बनाएको हाे ।
धार्मिक आस्था बोकेको पशुपतिमा ठेकेदार र पशुपति विकास कोषका कर्मचारीको निहीत स्वार्थमा व्यापारको अखडा बनाएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको निर्देशनमा छानबिन समिति गठन गरिएकाे हाे ।
मन्त्रालयका सहसचिव राजेन्द्र कुमार केसी संयकत्वमा गठित छानबिन समितिले ७ दिनभित्र सत्यतथ्य पत्ता लगाई प्रतिबेदन बुझाउन भनिएको छ । तीन सदस्यीय समतिका सदस्यमा केसीसँगै मन्त्रालयका उपसचिव अर्जुन राई र शाखा अधिकृत जयन्ती श्रेष्ठ छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij