Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

आत्मघाती गोलले म्याड्रिड माथि बार्सिलोनाको जीत

आत्मघाती गोलले म्याड्रिड माथि बार्सिलोनाको जीत

  • 430
    SHARES
  • आत्मघाती गोलले म्याड्रिड माथि बार्सिलोनाको जीत

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ ।

    स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लिगमा बार्सिलोनाले रियलमाथि १–० को जित दर्ता गरेको हो ।

    पहिलो हाफमा एडर मिलिसाओको आत्मघाती गोल नै जीतका लागि निर्णायक बन्यो । सान्टियागो बर्नबेउमा बिहीबार राति भएको खेलको २६औं मिनेटमा मिलिसाओले आत्मघाती गोल गर्न पुगेका हुन् । त्यसमा अफसाइड रहेको भन्दै रेफ्रीले भिएआर चेक गर्दा  अफसाइड नदेखिए पछि रेफ्रीले गोललाई मान्यता दिएको थियो ।

    यस जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लिगमा यही नतिजा कायम राख्न सके बार्सिलोना फाइनलमा पुग्नेछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij