वेबटिभी खबर
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ । बिहीबार आयोगले मतपत्र सार्वजनिक गरेकाे हाे।
आयोगका प्रवक्ता शालिकराम पौडेलका अनुसार संघीय संसद् र प्रदेशसभाका सदस्यलाई फरक मतपत्र तयार पारिएकाे छ।
संघीय सांसद ३३१ ले प्रयोग गर्ने प्रयोग गर्ने मतपत्र सेतो कागजमा गुलाबी रङको चिह्न हुनेछ । त्यस्तै प्रदेशका ५५० सांसदले प्रयोग गर्ने मतपत्र सेतो कागजमा हरियो चिह्न र अक्षर हुनेछ । दुवै मतपत्रमा उम्मेदवारको तस्बिर र नाम राखिएको छ ।
राष्ट्रपति चयनका लागि हुने यही फागुन २५ गते बानेश्वरस्थित अन्तर्राष्ट्रिय केन्द्रमा मतदान हुँदैछ । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा छन् ।
पौडेललाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीलगायत पार्टीको समर्थन रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij