Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

लोसपाको बैठक बस्दै

लोसपाको बैठक बस्दै

  • 288
    SHARES
  • लोसपाको बैठक बस्दै

    काठमाडौं । आज लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को बैठक बस्ने भएको छ । सरकारमा सहभागिताको विषयमा छलफल गर्न पार्टीको बैठक बस्न लागेको हो ।

    बैठकमा कति वटा र कुन मन्त्रालय लिने भन्ने विषयमा निर्णय गरेर सरकारसँग कुरा गर्ने भएको छ । लोसपा नेपाल सरकारमा सहभागी हुने सहमति भएको र पार्टीमा कुराकानी गरेर सरकार पक्षसँग छलफल गर्ने लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले बताए ।

    लोसपाले राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेको छ । लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा प्रस्ताव गरेको थियो । तर सो प्रस्तावमा आठ दलीय गठबन्धन सहमत भएन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij