वेबटिभी खबर
काठमाडाैं । राष्ट्रपति निर्वाचन लड्न नचाहने उम्मेदवारले आफ्नो उम्मेदवारी आज फिर्ता लिन पाउने छन। आज बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म उम्मेद्वारी फिर्ताकाे समय निर्धारण गरिएको छ ।
आगामी २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।
उम्मेदवारी फिर्ता लिने समय सकिएपछि आजै साँझ ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयकी सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माले जानकारी दिइन् ।
राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । हालकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिंदै छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij