वेबटिभी खबर
काठमाडौं । सिंहदरबार परिसरभित्र रहेको केन्द्रीय क्यान्टिनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरेको छ ।
विभागको बजार निरीक्षण अधिकृतको टोलीले अनुगमन गरेको हो । उक्त क्रममा क्यान्टिनमा खानयोग्य अवधि सकिएका र लेबल नभएका मसला र दुग्धजन्य पदार्थ भेटिएका छन ।
यस्तै दुर्गन्धित मासु र तरकारीसमेत फेला परेपछि टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गरेको र उक्त क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेना गृह र सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरीतको कसुर गरेको भन्दै ३ लाख रूपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij