Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

पोखरामा असिनासहितको वर्षा

पोखरामा असिनासहितको वर्षा

  • 443
    SHARES
  • पोखरामा असिनासहितको वर्षा

    पोखरा । पोखरामा आज कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो भएको छ । दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भएपछि पोखरा शहरसहित यसका आसपास क्षेत्रमा अध्यारो छाएको हो ।

    यस अघि पोखरामा गत बिहीबार हिउँदे वर्षा भएको थियो भने त्यसपछि आज आइतबार असिनासहित ठूलो वर्षा भएको हो । लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही राहात मिले पनि असिना पानी पर्दा यहाँको किसानले लगाएका तोरी, गहुँ, फापर र तरकारीबालीलाई भने क्षति पुगेको छ ।

    पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले अचानक परेको असिना पानीले गरेको क्षतिबारे बुझ्ने कार्य जारी रहेको जानकारी दिए ।

    उनका अनुसार यसरी बर्षा हुँदा सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहात मिलेको भए पनि कतै असिनासमेत पर्दा हिउँदे बालीमा क्षति पुगेको छ ।

    असिना पानीले कुनै क्षेत्रमा लगाइएका बालीलाई नोक्सान पुर्‍याए पनि लामो समयपछि परेको पानीले समग्र हिउँदेबाली, फलफूललगायत बालीलाई राम्रो हुने उनको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij