Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

लमजुङमा कोरोनाविरूद्धको दोस्रो बुस्टर खोप लगाइँदै

लमजुङमा कोरोनाविरूद्धको दोस्रो बुस्टर खोप लगाइँदै

  • 301
    SHARES
  • लमजुङमा कोरोनाविरूद्धको दोस्रो बुस्टर खोप लगाइँदै

    लमजुङ । स्वास्थ्य कार्यालय लमजुङले कोभिडविरूद्धको बुस्टर डोजका रूपमा चौथो मात्रा खोप अभियान सञ्चालन गर्ने भएको छ । यही फागुन १६ गतेदेखि जिल्लाका चारवटा पालिकामा दोस्रो बुस्टर खोप सञ्चालन गरिने भएको हो ।

    तेस्रो मात्राको खोप लगाएको ६ महिना पुगेका ५५ वर्ष माथिका नागरिक, स्वास्थ्यकर्मी, १२ वर्ष माथिका दीर्घरोगी, गर्भवती, रोगप्रतिरोधक क्षमता कम भएकालाई दोस्रो बुस्टरका रूपमा चौथो मात्राको खोप दिइनेछ ।

    पहिलो चरणमा जिल्लाको बेंसीशहर र सुन्दरबजार नगरपालिका, दोर्दी र मर्स्याङ्दी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले जानकारी दिए ।

    यी पालिकामा खोप अभियान सञ्चालन गर्नका लागि प्रदेश स्वास्थ्य कार्यालयबाट १२ हजार मात्रा वाई भायोलेन्ट खोप आइसेको छ । चारवटा पालिकाका सबै वडामा रहेका स्वास्थ्य संस्थाबाट खोप सञ्चालन गरिने प्रमुख दवाडीले बताए ।

    दोस्रो बुस्टरका रूपमा फाइजर बायोएनटेक खोप बेंसीशहर बजारमा एकहजार ९१ जनालाई लगाईसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा पहिलो बुस्टर मात्रा ९० हजार ८ सय २३ जनाले लगाएका छन ।

    पहिलो खोप मात्रा १ लाख २३ हजार ३ सय ३ र दोस्रो खोप मात्रा १ लाख १९ हजार ८ सय ६७ जनाले लगाएका थिए । तीन चरणको खोप लगाएपछि बुस्टर भनिन्छ ।

    वाई भायोलेन्ट खोप कोभिडको नयाँ स्ट्रेनविरूद्ध प्रभावकारी रहेको स्वास्थयकर्मीहरूले बताएका छन । प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्वास्थयकर्मीहरूलाई आग्रह गरेका हुन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij