Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

लमजुङमा अलैँची बिक्रीबाट हालसम्मकै बढी रकम आम्दानी

लमजुङमा अलैँची बिक्रीबाट हालसम्मकै बढी रकम आम्दानी

  • 374
    SHARES
  • लमजुङमा अलैँची बिक्रीबाट हालसम्मकै बढी रकम आम्दानी

    लमजुङ । लमजुङका अलैंची किसानले अलैंची दाना बिक्रीबाट २० करोड आम्दानी गरेका छन । जिल्लामा यस वर्ष तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो ।

    २०४१ सालदेखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट उक्त रकम आम्दानी भएको हो । यस वर्ष किसानले प्रतिकिलो अलैँची कम्तीमा पाँच सय ५० देखि सात सयसम्ममा र गत वर्ष नौ सय ५० देखि एक हजार पाँच सय बढी मूल्यमा बिक्री गरेका थिए ।

    यसअघि उनीहरूले सबैभन्दा बढी ०७७ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका थिए । अलैंची व्यवसायी महासं गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङका अनुसार गत वर्ष किसानले तीन सय ३५ मेट्रिक टन अलैँची बिक्रीबाट १५ करोड आम्दानी गरेका थिए ।

    २०७६ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची बिक्री गरेर कृषकले १२ करोड आम्दानी गरेका थिए । २०७५ मा सात सय ५० क्विन्टल बिक्रीबाट कृषकले पाँच करोड २५ लाख आम्दानी गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष जिल्लाका अधिकांश किसानको अलैँची उत्पादनमा वृद्धि भएको बताएका छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij