Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

लामो समयपछिको वर्षाले किसान खुसी

लामो समयपछिको वर्षाले किसान खुसी

  • 385
    SHARES
  • लामो समयपछिको वर्षाले किसान खुसी

    इलाम । लामो समयपछि पानी परेपछि इलामका किसान खुसी भएका छन् । बुधबार साँझदेखी रातिसम्म पानी परेकाले किसान खुसी भएका हुन् ।

    असोजको पहिलो हप्तादेखि पानी नपरेकामा हिजो साँझदेखि रातिसम्म पानी परेको थियो । पानी परेपछि अलैँची र चिया किसानले ठूलो राहत महसुस गरेका छन् ।

    आलु, तोरी तथा तरकारी लगाएका किसानले पनि लामो समय पछिको वर्षाका कारण राहत महसुस गरेका गरे । किसान सन्तोष राईले पानी परेपछि अब तरकारी खेतीमा चिस्यान हुन पुगेकाले ठूलो राहत मिलेको बताए ।

    किसान राईले यो याममा पानी परेपछि फागुन अन्तिमदेखि नै चिया पलाउने र तोरी, गहुँलगायत बाली पनि सप्रिने जानकारी दिए । लामो समयसम्म वर्षा नहुँदा जमिन सुक्खा भएकाले किसानले बारी खनजोत गर्नसमेत पाएका थिएनन् ।

    अब भने सहजरूपमा खनजोत गर्न पाइने यहाँका किसानको भनाइ थियो । पानी नपरेपछि खोलानाला सुक्दै गएका थिए । खोला खोल्सामा पानी नहुँदा सिंचाइमा समेत समस्या हुँदै आएको थियो । अब भने केही समयका लागि पाइप लगाएर सिचाइमा खट्नु नपर्ने किसानको भनाइ थियो ।

    पानीले घाँससमेत छिटो पलाउने भएकाले यहाँका पशुपालक किसानसमेत उत्साहित भएका छन् । तराईबाट सुख्खा पराल ल्याउनु पर्ने बाध्यता रहेकामा अहिले परेको पानीले समयमै घाँससमेत पलाउने उनीहरूको अपेक्षा थियो । सुख्खा नलागे वैशाखदेखि बर्खे घाँस काट्न पाइने अनुमान गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij