Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

आजदेखि १५ जिल्लामा हात्तीपाइले रोगविरूद्धको औषधी खुवाइँदै

आजदेखि १५ जिल्लामा हात्तीपाइले रोगविरूद्धको औषधी खुवाइँदै

  • 215
    SHARES
  • आजदेखि १५ जिल्लामा हात्तीपाइले रोगविरूद्धको औषधी खुवाइँदै

    काठमाडौं । आजबाट हात्तीपाइले रोगविरूद्धको आमऔषधी सेवन अभियान १५ जिल्लामा सुरु भएको छ । फागुन ११ गतेदेखि २५ गतेसम्म अभियान सन्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली जिल्लामा हात्तीपाइले रोगविरूद्धको औषधी खुवाउने अभियान सन्चालन भएको हो ।

    यो औषधी दुई वर्ष उमेर पूरा गरेका सबैले खानुपर्छ । तर दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, ७ दिनसम्मका सुत्केरी र सिकिस्त भई ओछ्यान परेका बिरामीहरूले हात्तीपाइले रोग विरूद्धको औषधी खान नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    तालिम प्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी, धार्मिकस्थल आदिमा बुथ राख औषधि खुवाउने भएकाले आफूलाई पायक पर्ने स्थानमा गएर औषधि खान मन्त्रालयले अनुरोध गरेको छ ।

    औषधी सेवनले हाम्रो शरीरमा हात्तीपाइले रोगको परजीवि भए नस्ट गर्ने र हात्तीपाइले रोगबाट बचाउने गर्दछ । लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग लागेमा खुट्टा, स्तन र अण्डकोष सुन्निन्छ र मानिसको ज्यान पनि जानसक्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij