वेबटिभी खबर
काठमाडौं । भावी राष्ट्रपतिमा महन्त ठाकुरलाई सहयोग गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समक्ष आग्रह गरेका छन् ।
बुधबार काठमाडौंको धुम्बाराहीस्थित देउवा निवासमा पुगेर लोसपाका नेताहरूले भावी राष्ट्रपतिकाे रूपमा अध्यक्ष ठाकुरलाई प्रस्ताव गरेका हुन् ।
राष्ट्रपति उम्मेदवारको विषयमा नेपाली कांग्रेस र लोसपाका नेताहरुबीच छलफल भइरहेको छ । ठाकुरको नाममा राष्ट्रिय सहमति कायम गर्न आग्रह गर्दै कांग्रेस शीर्ष नेतासँग छलफल गरेको लोसपा एक नेताले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्दैछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij