Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

डेढ घण्टादेखि अध्यागमनको सर्भरमा समस्या, अन्तर्राष्ट्रिय उडान प्रभावित

डेढ घण्टादेखि अध्यागमनको सर्भरमा समस्या, अन्तर्राष्ट्रिय उडान प्रभावित

  • 292
    SHARES
  • डेढ घण्टादेखि अध्यागमनको सर्भरमा समस्या, अन्तर्राष्ट्रिय उडान प्रभावित

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सर्भरमा समस्या देखिए पछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। सोमबार दिउँसो सर्भरमा समस्या देखिएसँगै अन्तर्राष्ट्रिय उडान प्रभावित भएको कार्यालयका सूचना अधिकारी गणेश आचार्यले बताए। 

    ‘डेढ घण्टादेखि सर्भरमा समस्या आएकाले प्राविधिकहरू बोलाएका छौं,’ उनले भने, ‘मोबाइल डेटा कम्युटरमा कनेक्ट गराएर हटस्पटमार्फत भएपनि प्रयास गरिरहेका छौं। अहिले सेवा निकै सुस्त चलिरहेको छ।’

    पछिल्लो केही समययता अध्यागमनको सर्भरमा पटक–पटक समस्या देखिन थालेको छ। करिब एक महिनाअघि पनि सोही समस्याका कारण उडान प्रभावित भएको थियो।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij