Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

इसीडी तथा शिक्षा सवलीकरण कार्यनीतिको मस्यौदा तयारीका लागि परामर्श प्रदान गर्न प्रस्ताव माग

इसीडी तथा शिक्षा सवलीकरण कार्यनीतिको मस्यौदा तयारीका लागि परामर्श प्रदान गर्न प्रस्ताव माग

  • 1.3K
    SHARES
  • इसीडी तथा शिक्षा सवलीकरण कार्यनीतिको मस्यौदा तयारीका लागि परामर्श प्रदान गर्न प्रस्ताव माग

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रारम्भिक बालविकास (इसीडी) तथा शिक्षा सवलीकरण कार्यनीतिको मस्यौदा तयारीका लागि परामर्श प्रदान गर्न प्रस्ताव माग गरेको छ ।

    आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम आवश्यक योग्यता भएका परामर्शदाताहरूबाट २०७९ फागुन ११ गतेसम्म कार्यालय समयभित्र केन्द्रमा प्रस्ताव पेश गर्न आव्हान गरेको हो ।

    फागुन महिनाको १५ गते देखि काम सुरु गरी वैशाख मसान्तसम्म काम सम्पन्न गरिसक्ने गरी प्रस्ताव माग गरेको छ ।

    प्रारम्भिक बालविकास तथा शिक्षा सवलीकरण कार्यनीतिका लागि सुझाव संकलनको खाका तयार गर्ने, सुझाव संकलनका लागि धुलिखेलमा सञ्चालन गरिने राष्ट्रियस्तरको र बर्दिबासमा सञ्चालन गरिने फिल्डस्तरको कार्यशालामा उपस्थित भई सुझाव टिपोट र संग्रह गर्ने र प्राप्त सुझावहरू समेटेर कार्यनीतिको प्रारम्भिक मस्यौदा तयार गर्न सक्नेबाट प्रस्ताव माग गरेको छ ।

    शिक्षा शास्त्रमा कम्तीमा स्नातकोत्तर तह उतीर्ण गरी प्रध्यापन वा अध्ययन वा अनुभव भएको, अनुसन्धानमा कम्तीमा ५ वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।

    ecd.jpg
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij