Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

रियल म्याड्रिडलाई पछयाउँदै बार्सिलोना, २–० को जीत

रियल म्याड्रिडलाई पछयाउँदै बार्सिलोना, २–० को जीत

  • 327
    SHARES
  • रियल म्याड्रिडलाई पछयाउँदै बार्सिलोना, २–० को जीत

    काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित दर्ता गर्दै शीर्षस्थानको बार्सिलोनाले उपाधी दावी गरेको छ ।

    रियलले घरेलु टोली ओसासुनालाई २–० ले पराजित गर्दै शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी ५ मा छोट्याउँदै उपाधि दावेदारी गरेको हो ।

    पाम्पलोनामा शनिबार राति भएको खेलमा पाहुना टोली रियलको जितमा दोस्रो हाफमा नै फेडे भाल्भेर्डे र मार्को एसेन्सियोले गोल गरे । प्रतिस्पर्धात्मक खेलको ७८औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए र ८९औं मिनेटमा भिनिसियसले गोल गरेका थिए भिएआरबाट मान्यता पाएन । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित खेलाडी मार्को एसेन्सियोले गोल गर्दै रियलको २–० को अग्रता दिलाए । 

    यस जितसँगै दोस्रो स्थानमा रहेको रियलको २२ खेलबाट ५१ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ५६ अंक छ । पराजित ओसासुना ३० अंक जोडेर १०औं स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # मोवाइल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij