Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बसपार्क क्षेत्रकाे घटनाका दोषीलाई कारबाही गर्न सुरक्षा निकायका प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन

बसपार्क क्षेत्रकाे घटनाका दोषीलाई कारबाही गर्न सुरक्षा निकायका प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन

  • 275
    SHARES
  • बसपार्क क्षेत्रकाे घटनाका दोषीलाई कारबाही गर्न सुरक्षा निकायका प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सुरक्षा अंगका प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले उक्त घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

    गत सोमबार नयाँ बसपार्क क्षेत्रमा यातायात मजदुरसहितको आन्दोलनका क्रममा दुईवटा प्रहरी भ्यान, प्रहरी बिटमा आगजनी तथा मोबाइल पसल चोरी भएको थियो । साथै करिब तीन दर्जन जति सुरक्षाकर्मी घाइते भएका छन् ।

    उक्त घटनालाई आफूले गम्भीर रूपमा लिएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले काठमाडौंमै यस प्रकृतिको भएको घटना राज्यले गम्भीर रूपमा लिएको बताएका हुन् ।

    घटनाको गहिरो अध्ययन गरेर दोषीलाई कारबाही र पीडितलाई न्याय पाउने वातावरण बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij