Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

खानेपानीको समस्या समाधान गर्न दीर्घकालीन योजनाका लागि पहल गर्छु : मन्त्री शर्मा

खानेपानीको समस्या समाधान गर्न दीर्घकालीन योजनाका लागि पहल गर्छु : मन्त्री शर्मा

  • 283
    SHARES
  • खानेपानीको समस्या समाधान गर्न दीर्घकालीन योजनाका लागि पहल गर्छु : मन्त्री शर्मा

    दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी दिनमा हुन सक्ने समस्यालाई बुझेर दाङ जिल्लामा खानेपानीको दीर्घकालीन योजना निर्माणका लागि प्रदेश र संघीय सरकारमार्फत पहल गर्ने बताएकी छिन् ।

    उनले जिल्लाको खानेपानी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्नेगरी आफू गम्भीर रहेको बताएकी हुन् ।

    घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आज आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले बढ्दो जनसंख्याअनुसार खानेपानीको सहज उपलब्धताका लागि राज्यका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकामा आफ्नो सशक्त पहल रहने जानकारी दिइन् ।

    स्थानीय सरकारले साना, प्रदेश सरकारले मझौला तथा संघ सरकारले ठूला आयोजनाका काममा प्राथमिकता दिएको भन्दै वर्तमान सरकार जनताका माग र आवश्यकताको प्राथमिकीकरण गरेर अघि बढ्ने मन्त्री शर्माकाे भनाइ छ ।

    कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य राजु खनाल र प्रचण्डविक्रम न्यौपानेले दाङलाई मरुभूमि हुनबाट रोक्न र खानेपानीको सहज आपूर्ति बढाउन तीन तहका सरकारसँग आग्रह गरे ।

    जिल्लामा बढ्दो जनसंख्या र बसाइँसराइका कारण सहरीकरण विस्तारित भएको र खानेपानीको समस्या बढ्दै गएको खनालकाे भनाइ छ ।

    घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले यस क्षेत्रको खानेपानीको समस्या समाधानका लागि पछिल्लो समय बबई लिफ्टिङ खानेपानी परियोजनाको पूर्वाधार विकास अघि बढाएको छ ।

    सो परियोजना २०८१ सम्ममा सम्पन्न हुने बताइएको छ । पचास करोडको लागतमा निर्माण सुरु भएको बबई लिफ्टिङ परियोजना लागू भएमा आगामी ४० वर्षसम्म घोराहीमा खानेपानीको समस्या समाधान हुने विश्वास गरिएको छ ।

    हाल संस्थाले १४ वटा डिप बोरिङबाट पानी बाँड्दै आएको छ भने कटुवा खोलाबाट स्रोतको पानी वितरण गर्दै आएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij