वेबटिभी खबर
भक्तपुर । भक्तपुर नगरपालिका–२ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलले दुर्गम क्षेत्रका तीन विद्यालयलाई पुस्तक सहयोग गरेको छ ।
आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीको जन्मदिनमा संकलित रकमबाट खरिद गरिएका पुस्तक सरकारी विद्यालयलाई सहयोग गरेको हो ।
एभरेष्टले सिन्धुपाल्चोक, मकवानपुर र चितवनको दुर्गम क्षेत्रमा रहेका तीनवटा विद्यालयलाई दुई/दुई लाख रूपैयाँ भन्दा बढी रकमको पुस्तक सहयोग गरेको हो ।
एभरेष्ट स्कुलको ४०औं वार्षिकोत्सवको अवसरमा ती पुस्तकहरू हस्तान्तरण गरिएका हुन् ।
मादी-५ रमाइलोडाँंडास्थित दिवाकर स्मृति माध्यमिक विद्यालय चितवन, इन्द्रवती-१२ भीमटारस्थित भीमेश्वर माध्यमिक विद्यालय सिन्धुपाल्चोक र बाग्मती-६ रातोमाटेस्थित जनहित आधारभूत विद्यालय मकवानपुरलाई पुस्तक हस्तान्तरण गरिएको हो ।
एभरेष्टका प्रिन्सिपल भक्त राजभण्डारीले प्रत्येक वर्ष वर्षभरिमा स्कुलका विद्यार्थीको जन्मदिन रकमबाट जम्मा भएको पैसाबाट दुर्गम स्कुलका सरकारी विद्यालयहरूमा पुस्तकालय स्थापना गर्न पुस्तक सहयोग गरी हस्तान्तरण गर्दै आएको जानकारी दिए ।
हालसम्म देशका २३ जिल्लाका २४ विद्यालयहरूलाई पुस्तकालयका लागि पुस्तक हस्तान्तरण गरिसकेको उनले जनाए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij