Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

निर्वाचन आयोगले भन्याे– चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन

निर्वाचन आयोगले भन्याे– चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन

  • 280
    SHARES
  • निर्वाचन आयोगले भन्याे– चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन

    काठमाडौं ।  निर्वाचन आयोग नेपालले प्रतिनिधिसभाअन्तर्गत चितवन–२ को उपनिर्वाचन आगामी वैशाख १० गते गर्ने निर्णय गरेको छ ।

    निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

    गत मंसिर ४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए तर नागरिकतासम्बन्धी मुद्दामा अदालतको फैसलाबाट उनी पदमुक्त भएपछि आयोगले रिक्त रहेको पदमा उपनिर्वाचनको मिति तोकेको हो ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी वैशाख १० गते चितवन–२ मा उपनिर्वाचन गर्ने निर्णय भएको जानकारी दिए ।

    elections.jpg
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij