Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

आदर्श र नाडेप लघुवित्तले लाभांश दिने

आदर्श र नाडेप लघुवित्तले लाभांश दिने

  • 376
    SHARES
  • आदर्श र नाडेप लघुवित्तले लाभांश दिने

    काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्तले लाभांश घोषणा गरेका छन् ।

    दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । आदर्श लघुवित्तले २१ दशमलव ०५ प्रतिशत  लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    लघुवित्तले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५ प्रतिशत नगद गरि कूल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल लघुवित्त संस्थाको चुक्ता पुँजी दुई करोड सात लाख रूपैयाँ रहेको छ ।

    यस्तै नाडेप लघुवित्तले १० दशमलव ५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । लघुवित्तले १० प्रतिशत बोनस शेयर र ० दशमलव ५२६ प्रतिशत नगदको प्रस्ताव गरेको हो ।

    लघुवित्तको चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती तथा कम्पनीको आगामी साधारणसभाबाट पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij