Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

भारतकाे ओडिसा राज्यका मन्त्रीलाई गोली हानेको आरोपमा एक प्रहरी अधिकारी पक्राउ 

भारतकाे ओडिसा राज्यका मन्त्रीलाई गोली हानेको आरोपमा एक प्रहरी अधिकारी पक्राउ 

  • 428
    SHARES
  • भारतकाे ओडिसा राज्यका मन्त्रीलाई गोली हानेको आरोपमा एक प्रहरी अधिकारी पक्राउ 

    नयाँ दिल्ली । भारतको ओडिसा राज्यको स्वास्थ्य तथा परिवार कल्याण मन्त्री नवकिशोर दासमाथि एक जना प्रहरीले नै गोल हानेको खुलेको छ ।

    गोली हानेको आरोपमा प्रहरीका एएसआई गोपाल दासलाई पक्राउ गरिएको छ । ब्रजराजनगरको एउटा कार्यक्रममा भाग लिन पुगेका मन्त्री दासलाई आइतबार अपरान्ह साढे १२ बजे गाडिबाट ओलर्ने वित्तिकै ४–५ राउण्ड गोली हानिएको थियो । प्रत्यक्षदर्शीले गोली हान्ने प्रहरीको पोषाकमा रहेको बताएका थिए । 

    छातिमा गोली लागेर गम्भीर घाइते भएका मन्त्री दासलाई स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि एयरलिफ्ट गरेर भूवनेश्वर लगिएको छ । पक्राउ परेका एएसआई गोपाल दासलाई प्रहरीले सोधपुछ सुरु गरेको छ । गाेली हान्नुकाे कारण भने खुलेकाे छैन् । 

    मन्त्री दास ओडिसाको झारसुगुडा क्षेत्रबाट तीन पटक जितेका विद्यायक हुन । उनलाई त्यस क्षेत्रको प्रभावशाली नेता मानिन्छ । ओडिसा सरकारमा सहभागी मध्ये सबैभन्दा धनाढ्य मन्त्रीका रूपमा दासलाई चिन्ने गरिन्छ । उनीसँग लाखौं रुपैयाँ बैंक व्यालेन्स र करोडौंका गाडि छन् । दाससँग व्यक्तिगत मर्सिडिज गाडि पनि छ ।

    भारतको ओडिसा राज्यका मन्त्रीमाथि गोली प्रहार  भारतको ओडिसा राज्यका मन्त्रीमाथि गोली प्रहार 

  • सम्बन्धित विषय:

  • # गोली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij