वेबटिभी खबर
काठमाडौं । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौं महानगरले बस्ती खाली गराउन खोजेपछि आन्दोलनमा उत्रिएका सुकुम्बासीले डोजर आतंक बन्द गरेर भू-स्वामित्व प्रदान गर्न माग गरेका छन् ।
माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका गरेका उनीहरूले ‘डोजर आतंक बन्द गर, जबरजस्ती उठीबास बन्द गर, महानगरको सम्झौता कार्यन्वयन गर, काठमाडौं सुकुम्बासीको पनि हो,
सुकुम्बासीमाथि लगाएको मुद्दा निसर्त फिर्ता गर’ जस्ता नाराअंकित प्लेकार्ड बोकेका थिए ।










Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij