Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

काभ्रेमा रेबिज नियन्त्रण गर्न खोप अभियान 

काभ्रेमा रेबिज नियन्त्रण गर्न खोप अभियान 

  • 329
    SHARES
  • काभ्रेमा रेबिज नियन्त्रण गर्न खोप अभियान 

    काभ्रे । काभ्रेलाञ्चोकमा पछिल्लो समय पशुचौपायामा देखिएको रेबिज रोग नियन्त्रण गर्न खोप अभियानलाई तीव्र पारिएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय, भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी, पशुचौपाया तथा स्थानीयलाई रेबिजविरूद्धको खोप लगाउन थालेको हो ।

    गत मंसिर पहिलो सातादेखि महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिजको संक्रमण देखिएको थियो । त्यसको मण्डनदेउपुरको एउटा वडा तथा रोशी गाउँपालिकामा पनि रेबिज फैलिएको थियो ।

    मण्डनदेउपुर-१० मा मरेको एक कुकुरमा परीक्षण गर्दा बिहीबार रेबिज पुष्टि भएको छ । रेबिज देखिएपछि उक्त क्षेत्रका पशुचौपायालाई खोप लगाउन थालिएको पशु चिकित्सक राजकुमार हुमागाईँले बताए ।

    मण्डनदेउपुरका केही स्थानमा छ महिनाको अवधिमा २२ गाई मरिसकेका छन् । स्थानीय हरिप्रसाद नेपालका अनुसार माघमा मात्रै दुई गाई मरेका छन् ।

    यस्तै मरेको कुकुरमा रेबिज पुष्टि भएको स्थानका करिब ५० जनालाई रेबिजविरूद्धको खोप लगाइएको छ । थप व्यक्ति पहिचान गरी खोप लगाइने नगरका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले जानकारी दिए ।

    उक्त स्थानमा स्थानीयस्तरका स्वास्थ्य शाखा, पशु शाखा, जिल्ला स्वास्थ्य कार्यालय र केन्द्रको विज्ञ टोलीले निगरानी गरिरहेको छ । केही महिनाअघि भुम्लु गाउँपालिकामा रेबिजका कारण पशुचौपायाको मृत्यु भएपछि त्यहाँका पशुचौपाया र दुई सय ८९ जनालाई रेबिजविरूद्धको खोप लगाइएको थियो ।

    महाभारत गाउँपालिकामा पनि रेबिजका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरूद्धको खोप लगाइएको छ । कुकुरले टोकर मरेका गाई काटेर खाएपछि महाभारत-१ गोकुले र वडा नं-८ को घर्तीछापका स्थानीयलाई रेबिजविरूद्धको खोप दिइएको स्वास्थ्य शाखाका प्रमुख हरिसिं विष्टको भनाइ छ ।

    यसैबीच रेबिज संक्रमण नियन्त्रणका लागि स्वास्थ्य कार्यालयका प्रमुख डा.पुरुषोत्तम सेढाईँले महाभारत, मण्डनदेउपुर र रोशीमा रेबिज फैलिएकोबारे अध्ययन भइरहेको बताए ।

    ‘खोप अत्यन्तै प्रभावकारी छ, रेबिज लागेपछि र लाग्नुअघि खोप लगाउँदा पूर्णरूपमा सुरक्षित भइन्छ’,डा. सेढाईँले भने । रेबिजबाट २०७७ चैतयता काभे्रपलाञ्चोकमा छ जनाको मृत्यु भएको छ ।

    चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन । काँचो दूध, मासु खाँदा रेबिज रोग सर्छ । उनान्सय प्रतिशत संकमण कुकुरबाट सर्ने गर्दछ ।

    कुकुरलाई रेबिजविरूद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन । रेबिज लागेको कुकुरले मान्छे र पशुपक्षीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij