Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

अमेरिकामा लगातार गोलीबारीको घटना, १२ घण्टामा दुई स्थानमा गोली चल्दा ९ जनाको मृत्यु 

अमेरिकामा लगातार गोलीबारीको घटना, १२ घण्टामा दुई स्थानमा गोली चल्दा ९ जनाको मृत्यु 

  • 340
    SHARES
  • अमेरिकामा लगातार गोलीबारीको घटना, १२ घण्टामा दुई स्थानमा गोली चल्दा ९ जनाको मृत्यु 

    वासिङटन । अमेरिकामा १२ घण्टाको अन्तरमा दुई स्थानमा भएको गोलीबारीमा ९ जनाको निधन भएको छ ।
    पछिल्लो पटक क्यालिफोर्निया राज्यको हाफ मुन बे क्षेत्रमा सोमबार भएको गोलीबारीमा ७ जनाको निधन भएको हो ।  एक जना हतियारधारीले अन्धाधुन्ध गोली हान्दा सात जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । 

    गोली हान्ने ६७ वर्षिय एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोली हान्नुको कारण भने खुलेको छैन् । त्यसअघि आयोवामा केही व्यक्तिले विद्यालयको कार्यक्रम भइरहेको ठाउँमा गोली चलाउँदा २ विद्यार्थीको मृत्यु भएको थियो । उक्त घटना पनि प्रहरीले संकास्पद तीन जनालाई पक्राउ गरेको छ । 

    यसअघि पनि शनिबार मात्र क्यालिफोर्नियाकै लस एन्जलसमा अन्धाधुन्ध गोली चल्दा ११ जनाको मृत्यु भएको थियो ।

    याे पनि पढ्नुहाेस :

    अमेरिकाको एउटा विद्यालयमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु  अमेरिकाको एउटा विद्यालयमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु 

  • सम्बन्धित विषय:

  • # गोली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij