Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

जलवायु परिवर्तनकाे असर हिमालमा 

जलवायु परिवर्तनकाे असर हिमालमा 

  • 419
    SHARES
  • जलवायु परिवर्तनकाे असर हिमालमा 

    सिन्धुपाल्चोक । चाँदीझैँ टल्किने सिन्धुपाल्चोकका हिमाल पछिल्लो समय कालो देखिन थालेका छन् । जलवायु परिवर्तनका असरबाट सुन्दर हिमाल प्रभावित हुन थालेको जनाइएको छ ।

    यसबाट पर्यटकीय गन्तव्यकोरूपमा परिचित हेलम्बु, पाँचपोखरी, जुगल लगायतको पर्यटन क्षेत्र प्रभावित हुन थालेका हुन् । ती क्षेत्रको डाडाँकाडा मंसिर सुरु हुँने वित्तिकै हिउँले सेताम्मे हुने हिमालमा पछिल्ला वर्षहरूमा हिमालमै हिँउ पर्न छाडेपछि हिमाली दृश्यसँगै हिउँमा खेल्न रुचाउने आन्तरिक तथा बाह्य पर्यटक घट्दै गएका छन् ।

    यसबाट पर्यटन व्यवसायमा आत्मनिर्भर रहेका स्थानीय विस्थापित हुन थालेका छन् । हेलम्बु क्षेत्रमा निर्माण भएका आकर्षक होटल, गुम्बा, ग्रेटटेल जस्ता पर्यटकीय ठाउँमा हिउँ नपर्दा पर्यटन व्यवसाय प्रभावित भएको  हेलम्बु-२ का कामी लामाले बताए ।

    लामाका अनुसार जिल्लाको पाँचपोखरी, नागिथाम, च्योच्योडाँडा, आमायाङरी, कुटुमसाङ, मेलम्चीघ्याङ, सेर्माथाङलगायतको माथिल्लो भूभागमा हिउँ पर्न छाडेको धेरै भयो ।

    भौगोलिक विविधताले भरिपूर्ण भएका कारण हेलम्बु, पाचँपोखरी, मुडेलगायतका ठाउँमा विगतमा विदेशी पर्यटकको भीडनै लाग्ने गरेको थियो । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि हेलम्बु गाउँपालिकाले कृतिम हिउँ उत्पादनको लक्ष्य लिएको छ ।

    गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले सबै ठाँउमा नभए पनि कुनै एक ठाँउमा भए पनि काम गर्ने बताए । पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा यहाँका हिमाली क्षेत्रमा हिउँ देख्न मुस्किल परेको छ भने परम्परागत बालीनालीसमेत संकटमा परेका छन् ।

    माथिल्लो हिमाली भु-भागमा देखापरेको असरको रूपमा गत वर्षको भयानक मेलम्ची बाढीलाई लिन सकिन्छ । यो दीर्घकालीनरूपमा मानव समुदायलाई खतराको संकेत भएको वातावरणविद् प्रभु बुढाथोकीको भनाइ छ ।

    विगतमा चार फिटसम्म हिउँ जम्ने स्थानमा अहिले तुसारो मात्र देख्न सकिन्छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको हेलम्बु, पाँचपोखरी क्षेत्रमा नेपालकै गौरवको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलसमेत रहेकाले यसको संरक्षणको लागि सरकारले समयमै उचित कदम चाल्नुपर्ने विज्ञहरूको सुझाव छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij