Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

जापानको पश्चिमी शहर कोबेकाे अपार्टमेन्टमा आगलागी हुँदा चार जनाको मृत्यु

जापानको पश्चिमी शहर कोबेकाे अपार्टमेन्टमा आगलागी हुँदा चार जनाको मृत्यु

  • 373
    SHARES
  • जापानको पश्चिमी शहर कोबेकाे अपार्टमेन्टमा आगलागी हुँदा चार जनाको मृत्यु

    जापान । जापानको पश्चिमी शहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।

    उनीहरूको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी त्यस अपार्टमेन्टमा रहेका अरू चार जना जलेर घाइते भएका छन् ।

    त्यहाँ रहेको एक तीन तले अपार्टमेन्टको पहिलो तलामा नै आगो लागेको बताइएको छ । बिहानीपख सो अपार्टमेन्टभित्रै आगो सल्किएपछि अग्निनियन्त्रकहरू आएका थिए । 

    जापानी समाचार समिति क्योडोले दिएको जानकारीअनुसार अग्निनियन्त्रकले सो आगलागी भएको स्थानबाट चार जनाको शव निकालेको र अरू चार जनालाई अस्पताल पुर्‍याएको छ । उनीहरू अचेत अवस्थामा रहेका र उपचार जारी रहेको बताइएको छ ।

    सो अपार्टमेन्ट रहेको भवनको दोस्रो तल्लासमम्म आगो सल्किएपछि त्यसले भवनमै असर गरेको बताइएको छ । आगलागीको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।  

  • सम्बन्धित विषय:

  • # जापान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij