वेबटिभी खबर
न्युयोर्क । अमेजनका मुख्य कार्यकारी अधिकारी सिइओ जेफ बेजोसले जुलाई पाँचबाट कम्पनीको आफ्नो पद छोड्ने बताएका छन् ।
किताब बेच्न अनलाइन सपका रूपमा अमेजन सुरु गरेका बेजोसले बुधबार अब एन्डी जेसीले कम्पनीको सिइओ पदभार सम्हाल्ने भनेका छन् ।
कम्पनीका सेयरहोल्डर्सको एक बैठकमा बेजोसले पाँच तारिख आफ्ना लागि विशेष भएकाले पदबाट बाहिरिन यही दिन रोजेको बताएका छन् । २७ वर्ष अगाडि १९९४ को यही तारिखमा कम्पनी सुरु भएको थियो ।
फेबु्रअरीमा बेजोसले कम्पनीको सिइओ पद छोड्ने बताए पनि कहिलेबाट गर्ने मिति खुलाएका थिएनन् । अब नयाँ सिइओ बन्ने एन्डी कम्पनीका क्लाइउट क्युटिंग बिजनेस सम्हाल्थे ।
अब एन्डीले अमेजनको नयाँ उत्पादन एवं वितरणका साथै अन्तरिक्ष अनुसन्धानमा काम गर्ने ब्लू ओरिजिनलाई पनि अगाडि बढाउन मा काम गर्ने
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij