Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

तस्बिरमा हेर्नुहोस् नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम

तस्बिरमा हेर्नुहोस् नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम

  • 392
    SHARES
  • तस्बिरमा हेर्नुहोस् नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम

    काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीपरिषद्ले आज पूर्णता पाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान एवं उर्जामन्त्रीसहित तीनजना लिएर सरकारमा सामेल भएका छन् ।

    राप्रपाबाट शहरी विकासमन्त्रीमा बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधानले शपथ लिएका छन् । यसैगरी राप्रपाका दीपक सिंहले उर्जा राज्यमन्त्रीको शपथ लिएका छन् ।

    माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् भने सुदन किँराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छिन् ।

    नेकपा एमालेबाट दामोदर भण्डारी उद्योग, डा.बिमला राई पौडेल परराष्ट्र, राजेन्द्र राई भूमिसुधार, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका, हरिप्रसाद उप्रेती रक्षा, ज्वाला साह कृषिमन्त्री बनेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्रीमा नियुक्त भएका छन् भने डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी छिन् ।

    r3.jpg

    r2.jpg

    mant (3).jpg

    mant (4).jpg

    mant (11).jpg

    mant (2).jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij