Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

पछिल्लो पटक सेरोटाइप-३ स्वरुपको डेंगु धेरै

पछिल्लो पटक सेरोटाइप-३ स्वरुपको डेंगु धेरै

  • 350
    SHARES
  • पछिल्लो पटक सेरोटाइप-३ स्वरुपको डेंगु धेरै

    काठमाडौं । नेपालमा गरिएको नमुना परीक्षणमा सेरोटाइप-३ स्वरुपको डेंगु धेरै देखिएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप-३ स्वरुपको डेंगु देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिए ।

    उनले विगतका वर्षभन्दा यसपटक सेरोटाइप-३ धेरै देखिएको बताए । ‘यस भन्दाअघि पनि हामीले नमूना परीक्षण गर्दा थोरै मात्रामा सेरोटाइप-३ देखिएको थियो’, प्रमुख डा.दाहालले भने, ‘यसपटक भने बिरामी पनि धेरै भएकाले धेरै जनामा सेरोटाइप-३ देखिएको छ ।’

    सामन्यता एकपटक डेंगु भएकालाई पुनः डेंगु हुँदा सेरोटाइप-३ देखिने सम्भावना रहेको उनको भनाइ छ । उनका अनुसार तीन ठाउँमा गरिएको तीन सय ३४ वटा नमूना परीक्षणमा ८१ जनामा सेरोटाइप-३ देखिएको छ भने दुवै खालका स्वरुप (मिक्स) भने छ जनाको नमूना परीक्षणमा देखिएको छ ।

    सामान्यता एकपटक डेंगु देखिएकालाई अर्कोपटक देखिँदा सेरोटाइप-२, सेरोटाइप-३ देखिने गर्दछ । ‘सरोटाइप-१ र सेरोटाइप-२ भइसकेका बिरामीले डेंगुसँग लड्ने क्षमता बनाइसकेका हुन्छन’, प्रमुख डा.दाहालले भने, ‘यही ती दुई स्वरुपको संक्रमण भइसकेका बिरामीलाई पुनःडेंगु भयो भने सेरोटाइप-३ हुन्छ ।’

    राष्ट्रिय प्रयोगशाला टेकुमा दुई सय ७२ परीक्षणमध्ये ५९, त्रिविको ल्यावमा गरिएका ५० नमूनामध्ये १७ र धरानमा १२ नमुना परीक्षणमध्ये पाँच जनामा सेरोटाइप-३ देखिएको छ ।

    यस्तै टेकुमा सेरोटाइप-१ प्रजाति एक सय २६, सेरोटाइप-२ प्रजाति २९ र ५३ नमुना परीक्षणमा डेंगु देखिएको थिएन । यस्तै त्रिविमा ५० जनामा गरिएको नमुना परीक्षणमा सेरोटाइप-१ स्वरुप २१ र सेरोटाइप-२ स्वरुप पाँच जना र छ जनामा डेंगुको संक्रमण देखिएको थिएन ।

    धरानका १२ जनामा गरिएको परीक्षणमा सात जनामा सेरोटाइप-१ देखिएको थियो । महाशाखाले यसअघि २०१९ मा गरिएको नमुना परीक्षणमा सेरोटाइप-१ र सेरोटाइप-२ मात्र देखिएको उनले जानकारी दिए ।

    डेंगु पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि लाग्दछ ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्यान्ट डा.विमल चालिसेले अघिल्लो पटक बिरामीमा देखिएको डेंगुको स्वरुप पछिल्लो फेरि डेंगु देखिएका स्वरुप परिवर्तन गरी जटिल समस्या देखिने बताए ।

    ‘पहिलो पटक सेरोटाइप-१ डेंगुको स्वरुप देखिएको छ भने अर्को पटक संक्रमण हुँदा सेरोटाइप-२ वा सेरोपाइप-३ देखिन्छ’, डा.चालिसेले भने, ‘यसरी पुनः डेंगु देखियो भने बिरामीलाई बढी जटिल बनाउने गर्दछ ।’

    उच्च ज्वरो आउने र टाउको दुख्ने, बिरामीमा थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने लक्षण जस्ता पहिले संक्रमण भएको भन्दा दोस्रो पटक डेंगु भएका बिरामीलाई गराउने गर्दछ ।

    यस्तै सामान्य प्रकारको डेंगुमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने जस्ता लक्षण देखा पर्दछन् । नेपालमा पहिलो पटक २००४ मा एक जनामा डेंगु देखिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij