Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

टीकापुर महोत्सवको तयारी ९० प्रतिशत सकियो

टीकापुर महोत्सवको तयारी ९० प्रतिशत सकियो

  • 295
    SHARES
  • टीकापुर महोत्सवको तयारी ९० प्रतिशत सकियो

    कैलाली । टीकापुर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ को तयारी तीव्ररूपमा भइरहेको आयोजकले जनाएको छ ।

    महोत्सव स्थलमा टेन्ट निर्माणदेखि स्टल बुकिङका काम भइरहेको र महोत्सवको ९० प्रतिशत तयारी पूरा भएको संघको भनाइ छ । संघका अध्यक्ष चक्रपाणी सापकोटाले भने, ‘रमाइलो मेलामा झुलादेखि लिएर टेन्टको सबै काम भएको छ यसमा पनि १० प्रतिशत बाँकी छ ।’

    महोत्सव स्थलभित्र मात्रै ९० स्टल राखिएका छन् । जसमा थारु गाउँ, मगर गाउँ, कृषि मेला, शैक्षिक प्रदर्शनी, स्थानीय उत्पादित सामग्री, महिला उद्यमीका स्टल रहेको अध्यक्ष सापकोटाले जानकारी दिए ।

    उनले अघिल्ला महोत्सवभन्दा यसपटकको महोत्सवमा धेरै कुरा परिवर्तन रहेको बताए । ‘बाल उद्यान, शैक्षिक क्रियाकलापका स्टल राखिएका छन्, विद्यार्थीलाई सिकाइ हुने खालका स्टल पनि छन्’, स्टल व्यवस्थापन समितिका संयोजक बमबहादुर ओलीले भने, ‘टीकापुर बहुप्राविधिक शिक्षालयले कार्यक्रम पनि गर्दैछ ।’

    महोत्सवमा स्थानीय व्यापारीलाई स्टलमा १० प्रतिशत छुट दिइएको छ । समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने मूल नाराका साथ माघ ४ देखि १६ सम्म महोत्सव आयोजना हुँदैछ ।

    महोत्सवस्थलमा व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका स्टल शुल्क दुई हजार पाँच सयदेखि २५ हजारसम्म तोकिएको छ । ‘महोत्सवबाट ६० लाखसम्म आम्दानी हुने अनुमान गरेका छौँ’, संघका उपाध्यक्ष कृष्ण बजगाईंले भने, ‘करिब ४० लाख खर्च हुने र टिकटबाट ३० लाखसम्म आम्दानी हुने अनुमान छ ।’

    वाणिज्य संघले सिजनल टिकट बिक्री सुरु गरिसकेको छ । यसपटक विद्यार्थी र अन्यका लागि ६० हजार टिकट छपाइ भएको छपाइ तथा टिकट व्यवस्थापन समितिका संयोजक लोकेश साउँदले बताए ।

    ‘विद्यार्थीका लागि ५०, अन्यका लागि ७० तोकिएको छ’, साउदले भने, ‘ तीन सयमा सिजनल टिकट बिक्री सुरु भइसकेको छ ।’ २०६५ देखि टीकापुरमा महोत्सव आयोजना गर्न थालिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij