Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सुदूरपश्चिम प्रदेशले आज पनि सभामुख नपाउने

सुदूरपश्चिम प्रदेशले आज पनि सभामुख नपाउने

  • 290
    SHARES
  • सुदूरपश्चिम प्रदेशले आज पनि सभामुख नपाउने

    धनगढी । सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख चयन नहुने देखिएको छ । सभामुख चयनका लागि निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले तटस्थ बस्ने निर्णय गरेपछि सभामुख नचुनिने निश्चित जस्तै बनेको हो ।

    प्रदेशसभाको जारी बैठकको विशेष समयमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका सचेतक लक्षमण किशोर चौधरिले सभामुख चयनमा आफ्नो पार्टी तटस्थ बस्ने उद्घोष गरेका छन् ।

    उनले शत्तारूढ दलको सहमति अनुसार सुदूर पश्चिममा मुख्यमन्त्री चयनका लागिमात्रै समर्थन गर्ने निर्णय भएकोमा सपथका क्रममा विना जानकारी दुई मन्त्रीलाई पनि सपथमा ल्याइएको भन्दै त्यसको विरोध स्वरूप आजको सभामुख चयनमा तटस्थ बस्ने निर्णय गरिएको बताए । 

    त्यसैगरि टिकापुर घटनामा आरोपित ठहर गरेर जेल चलान गरिएका रेशम चौधरीलगायत नेता कार्यक्रता छुटाउनसमेत पहल नगरिएको भन्दै उनले सो विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij