Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

  • 399
    SHARES
  • सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

    धनगढी । सभामुख चयनको एजेन्डामा बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएको छ ।

    शुक्रबार बिहान ११ बजे बोलाइएको बैठक सञ्चालन हुन नसकेपछि अन्ततः सूचना टाँस गरी बैठक स्थगित गरिएको हो ।

    बिहीबार भएको सभामुख निर्वाचनका लागि उम्मेदवारद्वय माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले मत प्राप्त गर्न नसकेपछि आज बैठक बोलाएएको थियो ।

    पहिलो चरणमा भण्डारीले २७ मत पाएपछि १ मत बदर हुँदा २६ मत मात्रै पाएका थिए । दोस्रोपटक पक्षमा पनि २७ मत नआउँदा उनी सभामुख हुन पाएनन् । कांग्रेसका रावलले भने दुवैपटक २३ मत पाएका थिए ।

    ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ । सो संख्या अपुग हुँदा सभामुख चयन हुन सकेको थिएन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij