Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

दुई करोड बढी जनताको पहुँचमा इन्टरनेट

दुई करोड बढी जनताको पहुँचमा इन्टरनेट

  • 762
    SHARES
  • दुई करोड बढी जनताको पहुँचमा इन्टरनेट

    काठमाडौं । नेपालमा साढे दुई करोड जनताको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्यांकअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।

    प्राधिकरणको तथ्यांकअनुसार गत माघको तुलनामा फागुनमा नौ लाख ३६ हजारभन्दा बढी प्रयोगकर्ता थपिएका छन् ।

    गत माघमा कूल दुई करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो ।  

     नेपालमा कूल तीन कराेड जनतामध्ये फागुन मसान्तसम्म ८७.१९ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

     

  • सम्बन्धित विषय:

  • # इन्टरनेट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij