Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

लोकतन्त्रलाई प्रक्रिया मात्र होइन व्यवहार बनाऔँ : सन्तोष परियार

लोकतन्त्रलाई प्रक्रिया मात्र होइन व्यवहार बनाऔँ : सन्तोष परियार

  • 752
    SHARES
  • लोकतन्त्रलाई प्रक्रिया मात्र होइन व्यवहार बनाऔँ : सन्तोष परियार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले लोकतन्त्रलाई प्रक्रिया मात्र नभएर व्यवहार पनि बनाउनुपर्ने बेला आएको बताएका छन् ।

    प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले लोकतन्त्रलाई हालसम्म प्रक्रियामात्र बनाएको भन्दै अब व्यवहार पनि बनाउनुपर्ने जोड दिए ।

    उनले आफूहरू संसद र राजनीतिमा नयाँ पार्टीमात्र नभएर विचार र सिद्धान्त पनि बोकेर आएको बताए ।

    उनले भने, ‘शासन प्रणालीमा देखिएका खास जटिलता चिर्न सक्ने गरी हामी आएका हौं । हामी सरकारमा जाने की नजाने भनेर मतान्तर भएको थियो । तर जनताले हामीलाई सरकारमा गएरै समाज सुधार गर्न मत दिएको ठहरसहित सरकारमा गयौं ।’

    देशका जनशक्तिलाई विदेशमा मजदुरीको रूपमा नभएर भ्रमणका लागि पर्यटक बनेर जान सक्ने बनाउनुपर्नेमा जोड दिएका उनले समाजमा नकारात्मक कुरामात्र भएकाले अब सम्भावनाको खोजी गर्नुपर्ने बताए ।

    प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको प्रस्तावलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको सांसद परियारले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij