Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिक पुर्‍याउनेछु : प्रधानमन्त्री दाहाल

पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिक पुर्‍याउनेछु : प्रधानमन्त्री दाहाल

  • 256
    SHARES
  • पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिक पुर्‍याउनेछु : प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिक पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले लक्ष्यअनुसार राजश्व नउठ्दा आर्थिक अवस्था कमजोर रहेपनि पाँच वर्षभित्र आर्थिक वृद्धिदर दोहोरो अंकको नजिक पुर्‍याउने बताएका हुन् ।

    यसमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । वैदेशिक लगानी भित्र्याउने र पूर्वाधार विकासमा जोड दिने जानकारी दिएका प्रचण्डले स्वदेशी उत्पादनलाई निर्यातमा जोड दिने बताए ।

    रोजगारी हुने क्षेत्रमा सरकारको लगानी हुने बताएइका उनको लगानीमैत्री वातावरण निर्माणमा गरिने बताए । मलको अभाव हुन नदिने र मल कारखाना खोलिने पनि प्रधानमन्त्री प्रचण्डले बताए । जारी बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij