Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सत्ता गठबन्धनमा आलोपालोमा प्रदेश सरकार, कुन दललाई कति प्रदेश र कहाँ–कहाँ ?

सत्ता गठबन्धनमा आलोपालोमा प्रदेश सरकार, कुन दललाई कति प्रदेश र कहाँ–कहाँ ?

  • 302
    SHARES
  • सत्ता गठबन्धनमा आलोपालोमा प्रदेश सरकार,  कुन दललाई कति प्रदेश र कहाँ–कहाँ ?

    काठमाडौं । सत्तारुढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने गरी सहमति भएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले उक्त सहमति गरेको हो ।

    सहमति अनुसार एमाले ४, मा‌ओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गरिनेछ ।

    एमालेले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने भएको छ । त्यसैगरी माओवादी केन्द्रले बाग्मती र कर्णाली प्रदेशको नेतृत्व पाउने छ । बाग्मती प्रदेश र कर्णालीमा एमाले र माओवादीले आधा–आधा कार्यकाल नेतृत्व गर्ने सहमति जुटेको छ ।

    सुदूरपश्चिममा पहिलो चरणमा एमाले र दोस्रो चरणमा माओवादीले पाउने छ । प्रदेश १ को मुख्यमन्त्री एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij