Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सन् २०२२ मा जापानमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा कमी

सन् २०२२ मा जापानमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा कमी

  • 272
    SHARES
  • सन् २०२२ मा जापानमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा कमी

    टोकियो । जापानमा सन् २०२२ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा कमी अत्यधिक कमी आएको छ । गत वर्ष सवारी दुर्घटनामा परी जापानमा दुई हजार ६१० जनाको मृत्यु भएको सरकारी तथ्यांकले देखिएको छ ।

    यो संख्या सन् १९४८ मा उपलब्ध भएयताकै सबैभन्दा कम हो । सन् २०२२ मा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले घटेको छ ।

    ओसाकामा गत वर्ष सबैभन्दा बढी १४१ जनाको सवारी दुर्घटनाका कारण मृत्यु भएको थियो । आइची १३७ र टोकियो १३२ मृतक संख्याका साथ तेस्रो स्थानमा रहेको छ ।

    सबैभन्दा कम टोटोरीमा १४ जनाको मृत्यु भएको छ । सन् १९७० मा १६ हजार ७६५ जनाको मृत्यु भएको जापानमा पछिल्ला वर्षहरूमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ ।

    जापान सरकारले सन् २०२५ सम्ममा वार्षिक सवारी दुर्घटनाबाट हुने मृत्युदर दुई हजार वा सोभन्दा कममा झार्ने लक्ष्य राखेको छ ।

  • सम्बन्धित विषय:

  • # जापान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij