Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कांग्रेस नेता शेखर कोइराला भन्छन्– गुरुकुल शिक्षाले अनुशासित बनाउँछ 

कांग्रेस नेता शेखर कोइराला भन्छन्– गुरुकुल शिक्षाले अनुशासित बनाउँछ 

  • 365
    SHARES
  • कांग्रेस नेता शेखर कोइराला भन्छन्– गुरुकुल शिक्षाले अनुशासित बनाउँछ 

    मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउने बताएका छन् ।

    विराटनगर–१२ स्थित लक्ष्मीनारायण मन्दिरमा आजदेखि सञ्चालित संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले गुरुकुल शिक्षाले मानिसलाई ज्ञानसँगै अनुशासित हुन र गृहस्थ जीवन कसरी चलाउने भनेर ज्ञानसमेत दिने बताए ।

    प्रतिनिधिसभा सदस्य कोइरालाले गुरुकुल शिक्षाको महत्त्व राज्यले बुझ्न नसकेको बताए । उनले नेपाली भाषाको पनि मातृभाषाका रूपमा रहेको संस्कृत शिक्षालाई उच्च महत्त्वका साथ राज्यले हेर्नुपर्नेमा जोड दिए ।

    प्रदेशसभा सदस्य भीम पराजुलीले आधुनिक शिक्षाका नाममा संस्कृत भाषा मास्ने काम भएकोमा चिन्ता व्यक्त गर्दै संस्कृत भाषालाई माध्यमिक तहसम्म अध्ययन गराउन पहल गर्ने बताए ।

    विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले संस्कृत भाषाको संरक्षण र संवर्द्धनमा तीनै तहको सरकारको सहकार्य आवश्यक रहेको बताए ।

    प्रा.माधव अधिकारी, भारतीय शिक्षण मण्डलका दीपक कोइराला, संस्कृत भाषाका ज्ञाता डा.गुरुप्रसाद सुवेदी, डा.वासुदेव शास्त्रीलगायतले संस्कृत भाषाको संरक्षण र प्रवर्द्धनमा राज्यको दायित्व भएको विचार राखे ।

    संस्कृत भाषासम्बन्धी तालिम पुस २१ गतेसम्म सञ्चालन हुने लक्ष्मीनारायण मन्दिरका पीठाधीश अच्युत प्रपन्नाचार्यले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij