Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

कोरोना संक्रमणदर घट्न अझै चार हप्ता लाग्छः स्वास्थ्यमन्त्री 

कोरोना संक्रमणदर घट्न अझै चार हप्ता लाग्छः स्वास्थ्यमन्त्री 

  • 1.0K
    SHARES
  • कोरोना संक्रमणदर घट्न अझै चार हप्ता लाग्छः स्वास्थ्यमन्त्री 

    काठमाडौं । कोरोना संक्रमणदर घट्न अझै चार हप्ता लाग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठीले कोरोना संक्रमणदर घट्न अझै चार हप्ता लाग्ने बताए । नेपालमा हाल दैनिक ८ हजारभन्दा बढी संक्रमित थपिने गरेका छन् ।

    अहिले नेपालमा देखा परेको नयाँ भेरियन्ट अत्यधिक संक्रामक रहेको र यसले नेपाली समाजलाई आक्रान्त पारेको मन्त्री त्रिपाठीको भनाई छ । उनले भने, ‘दोस्रो लहरबाट देश प्रभावित भएको छ । यसबाट बच्न र रोकथामलाई प्राथमिकताकासाथ अगाडी बढाउन सबैले स्वास्थ्यका मापदण्ड अवलम्बन गर्न जरुरी छ ।’

    यससँगै स्वास्थ्य संकटकाल लगाउने विज्ञहरुको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको पनि उनले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij