वेबटिभी खबर
कास्की । कास्कीको मादी गाउँपालिका-१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ ।
आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । उनका अनुसार आइतबार राति १०ः३० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो ।
सुरजकुमार २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए । मृतक गुरुङकै घरदेखि आगलागी सुरु भएको थियो ।
कपडा पसल सञ्चालन गर्दै आएका उनी घरमा एक्लै बस्ने गरेका थिए । उनका छोरा/बुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएका छन् । के कारणले आगलागी भएको भन्ने एकिन हुन सकेको छैनन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij