Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

पोखरा विमानस्थल सञ्चालनमा आएपछि गण्डकी प्रदेशसँगै मुलुककाे आर्थिक विकास हुनेमा प्रधानमन्त्री विस्वस्त

पोखरा विमानस्थल सञ्चालनमा आएपछि गण्डकी प्रदेशसँगै मुलुककाे आर्थिक विकास हुनेमा प्रधानमन्त्री विस्वस्त

  • 359
    SHARES
  • पोखरा विमानस्थल सञ्चालनमा आएपछि गण्डकी प्रदेशसँगै मुलुककाे आर्थिक विकास हुनेमा  प्रधानमन्त्री विस्वस्त

    पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताएका छन् ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै उनले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको बताएका हुन् ।

    ‘मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘यो विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको छ ।’

    प्रधानमन्त्री दाहालले पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ राजदूतावासमार्फत तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको बताए ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शंकरराज पाठक आफ्नो गुरु भएको भन्दै प्रधानमन्त्री दाहालले उनको प्रशंसा गरे । प्रधानमन्त्री दाहालले चीनसँगको सीमा नाका खुलाइ सहज बनाउने तथा रेलसेवा लगायतका परियोजना निर्माणमा सहयोग गर्नसमेत चीन सरकारसमक्ष आग्रह गरे ।

    उनले पोखरा विमानस्थल सञ्चालनमा आएपछि गण्डकी प्रदेशसँगै सिङ्गो राष्ट्रको आर्थिक विकास हुनेमा दुई मत नरहेको उल्लेख गरे । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij