Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

वृद्धाश्रममा सेनाद्वारा न्यानो लुगा र खाद्य सामग्री सहयोग

वृद्धाश्रममा सेनाद्वारा न्यानो लुगा र खाद्य सामग्री सहयोग

  • 321
    SHARES
  • वृद्धाश्रममा सेनाद्वारा न्यानो लुगा र खाद्य सामग्री सहयोग

    कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकामा रहेको वृद्धाश्रममा आज बिहान नेपाली सेनाले न्यानो लुगा र खाद्य सामग्री सहयोग गरेको छ ।

    नेपाली सेना सैनिक श्रीमती संघ, श्री नं-२५ बाहिनी अड्डा भगतपुर ब्यारेकले बेदकोट नगरपालिका-८ मा रहेको बैजनाथ ज्येष्ठ नागरिक सेवा केन्द्रमा आश्रित वृद्धवृद्धालाई न्यानो लुगा (मण्डी) का साथै खाद्यान्न चामल, दाल, तरकारी, चिनी चियापत्तीलगायत सामग्री उपलब्ध गराएको हो ।

    वृद्धाश्रममा रहेको १९ जना वृद्धवृद्धालाई राहत तथा न्यानो लुगा वितरण गर्दै यहाँस्थित नेपाली सेनाको श्री नं-२५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पुरुषोत्तम ढकालले सेना र सैनिक श्रीमती संघबाट जनमुखी सामाजिक काम अवस्था र आवश्यकताअनुसार गर्दै आएको बताए ।

    ‘वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न सहजता होस् भनेर सामग्री उपलब्ध गराइएको हो’, बाहिनीपति सहायकरथी ढकालले भने, ‘जनतासित सधै नेपाली सेना भन्ने भावना अभिवृद्धिका लागि पनि अभाव रहेका क्षेत्रमा सेनाले लामो समयदेखि सहयोग तथा सहकार्य रहँदै आएको छ ।’

    नेपाली सेनाले वृद्धाश्रमका ज्येष्ठ नागरिकको सहजताका लागि आधुनिक दुई कोठे शौचालयसमेत यहाँ निर्माण गरिदिएको छ भने केही वर्षअघि सेनाको जनशक्ति र दाताको सामग्री सहयोगमा वृद्धाश्रमको चौतर्फी पर्खाल निर्माण गरिएको थियो ।

    न्यानो लुगा तथा खाद्यान्न वितरण कार्यक्रममा बाहिनीपति ढकालसँगै यहाँस्थित श्रीदल गुल्मका गुल्मपति सेनानी सुमित श्रेष्ठ र वद्धाश्रम सञ्चालक समितिका पदाधीकारी सहभागी थिए ।

    सैनिक श्रीमती संघ लामो समयदेखि प्रतिकूल मौसम तथा विभिन्न प्रकोपमा मुलुकका समस्याग्रस्त क्षेत्रमा योगदान पुर्‍याउँदै आएको नेपाली सेनाले जनाएको छ ।

    यस्तै पाँच दिनअघि नेपाली सेना सैनिक श्रीमती संघ, श्री नं-२५ बाहिनी र श्रीदल गुल्मको समन्वय तथा सहकार्यमा यहाँको लालझाडी गाउँपालिकामा समेत ज्येष्ठ नागरिक, असहायक बालबालिका र अपांगता भएको व्यक्तिलाई सहयोग गर्नुका साथै निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij