वेबटिभी खबर
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डसँग करिब साढे २ घण्टा छलफल गरेर प्रधानमन्त्री सरकारी निवास बालुवाटारबाट बाहिरिएका छन् ।
प्रधानमन्त्री प्रचण्डसँग मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याउन लागेको साझा कार्यक्रम, मन्त्रालय बाँडफाँट, प्रदेश सरकारको भागबन्डालगायतका विषयमा छलफल गरेर अध्यक्ष ओली बालुवाटारबाट निस्किएको स्रोतले जनाएको छ ।
यसअघि बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा न्यूनतम् साझा कार्यक्रम मस्यौदा समिति गठन गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij