Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

डीएसपी ठगबहादुर केसी निलम्बित

डीएसपी ठगबहादुर केसी निलम्बित

  • 287
    SHARES
  • डीएसपी ठगबहादुर केसी निलम्बित

    काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन् ।

    सुन व्यापारीसँग घुस रकम लिएको आरोपमा केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो ।

    केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरि मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले उनीमाथि अनुसन्धान गरेको थियो ।

    उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij