Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

शक्तिशालीबाट रक्षात्मक बनेका देउवा 

शक्तिशालीबाट रक्षात्मक बनेका देउवा 

  • 300
    SHARES
  • शक्तिशालीबाट रक्षात्मक बनेका देउवा 

    काठमाडौं । केन्द्रीय समिति र संसदीय दलमा भारी बहुमत भए पनि कांग्रेस सभापति शेरबहादुर देउवा अहिले रक्षात्मक अवस्थामा पुगेका छन् । चुनावका बेला गठबन्धन गरे पनि सरकार गठनका बेला देउवा पुरै असफल भएपछि उनको अवस्था दयनिय बनेको छ ।

    केन्द्रीय समितिमा ८२.२७ प्रतिशत सदस्य र संसदीय दलमा ७१.९१ प्रतिशत सांसदको समर्थन रहेका ‘शक्तिशाली’ सभापति आफ्नै कारण कमजोर हुन पुगेका हुन् । सत्ता साझेदारीका सन्दर्भमा आफ्नै हठका कारण गठबन्धन भत्किएर पार्टी राजकीय सत्ताबाट टाढा पुगेपछि उनको सर्बत्र आलोचन भएको छ । यसको जिम्मा लिनुपर्ने भन्दै नेता शेखर कोइराला–महामन्त्री गगन थापा नेतृत्वको इतर समूह संस्थापनविरुद्ध आक्रामक बनेको छ ।

    प्रधानमन्त्री नछाड्ने देउवाकै अडानले एमालेसहितका सात दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि संसद्को पहिलो दल प्रतिपक्षमा बस्ने परिस्थिति बनेको छ । इतर समूहका कतिपय नेताले यसको जिम्मेवारी लिँदै सभापति र दलको नेताबाट देउवाले राजीनामा दिनुपर्नेसम्मको माग उठाउन थालिसकेका छन् ।

    प्रधानमन्त्री आफै बन्नुपर्ने अडानले सम्पूर्ण सत्ता राजनीति गुमाएका देउवा सार्वजनिक रूपमा केही बोलेका छैनन् । निकट नेताहरू पनि जिम्मेवारीलाई लिएर आरोप–प्रत्यारोपमा छन्।

    १४औँ महाधिवेशनबाट पुनः सभापतिमा चयन भएपछि देउवा पहिलोपटक रक्षात्मक बनेका हुन् । सभापति देउवाले अहिलेसम्म घटनाक्रमबारे सार्वजनिक रूपमा केही बोलेका छैनन् । पछिल्लो राजनीतिक परिस्थितिमाथि छलफल गर्न कांग्रेसले २२ पुसमा केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।

    ४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेश सभा दुवैमा पहिलो बनेको कांग्रेस देउवाको प्रधानमन्त्री बन्ने अडानका कारण अन्तिम अवस्थामा प्रमुख प्रतिपक्ष दल बन्नुपर्ने अवस्थापछि पार्टीभित्र तीव्र असन्तुष्टि छ । यसको जिम्मेवारी पार्टी सभापति देउवाले लिनुपर्ने आवाज पनि कांग्रेसमा उठेको छ । 

    सरकार निर्माणका लागि सभापति देउवाले विश्वासपात्रका रूपमा खटाएकाहरूसमेत आरोप–प्रत्यारोपमा लागेका छन् । सभापति देउवानिकट रहेर सरकार निर्माणका लागि लागिपरेका नेताहरू पछिल्लो समय यसबारे कुनै प्रतिक्रिया दिन चाहँदैनन् । देउवानिकट स्रोतका अनुसार देउवाले संवादमा खटाएका नेताहरू एक–अर्कालाई जिम्मेवार भन्दै आरोप–प्रत्यारोपमा छन् । नयाँ पत्रिका दैनिकबाट 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij