वेबटिभी खबर
काठमाडौं । बंगलादेशमा भएको काभा २३ वर्षमुनि (यु-२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल चौँथो स्थानमा रहेको छ ।
बंगलादेशको ढाकामा आज तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकाले नेपाललाई ३-२ को सेटमा पराजित गरेपछि नेपाल चौँथो स्थानमा रहेको हो ।
खेलको पहिलो सेट २५-२२ ले गुमाएको नेपाल दोस्रो सेटमा भने विजयी भयो । नेपालले श्रीलंकामाथि दोस्रो सेट २५-१९ ले जित्यो । त्यस्तै खेलको तेस्रो सेट श्रीलंकाले २५-१९ ले जित्यो भने खेलको चौँथो सेटमा नेपाल विजयी भयो ।
नेपाल २५-२० ले जिते पनि त्यसपछिको सेटमा पराजित भयो । खेलको अन्तिम सेट श्रीलंकाले १५-१० ले आफनो पक्षमा पारेपछि श्रीलंकाको जित पक्का भयो ।
यस जितसँगै श्रीलंका भने तेस्रो स्थानमा रहेको छ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको थियो ।
आजै हुने फाइनल खेलमा आयोजक बंगलादेश र किर्गिस्तान भिड्ने छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij