Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

७ दलीय गठबन्धनको बैठक सुरु

७ दलीय गठबन्धनको बैठक सुरु

  • 393
    SHARES
  • ७ दलीय गठबन्धनको बैठक सुरु

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गरेका दलहरूको बैठक सुरु भएको छ ।

    केही समयअघि संसद भवन बानेश्वरमा सुरु भएको बैठकमा दलहरूबीच मन्‍त्रालय बाँडफाँडका विषयमा छलफल हुँदैछ ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्ती भएसँगै दलहरूले मन्‍त्रालयको भागबन्डा गर्ने तयारी गरेका हुन् । आज अपरान्ह ४ बजे दाहालसहित केही मन्‍त्रीहरूले राष्ट्रपति निवासमा शपथ लिने कार्यक्रम रहेको छ ।

    गठबन्धनमा एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी छन् । यस्तै स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह र प्रभु साहले पनि सरकारलाई समर्थन गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij