Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

गठबन्धन बैठक : प्रधानमन्त्रीमा तीन नेताको आलोपालो, पहिले को भन्ने टुंगो भोलि

गठबन्धन बैठक : प्रधानमन्त्रीमा तीन नेताको आलोपालो, पहिले को भन्ने टुंगो भोलि

  • 506
    SHARES
  • गठबन्धन बैठक : प्रधानमन्त्रीमा तीन नेताको आलोपालो, पहिले को भन्ने टुंगो भोलि

    काठमाडौं । सत्तारुढ गठबन्धनमा तीन शीर्ष नेता आलोपालोमा प्रधानमन्त्री हुने सहमति जुटेको छ । तर पहिलो चरणमा शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड भन्ने टुंगिएको छैन । 

    नेताहरुका अनुसार आइतबार बिहान बस्ने बैठकले समग्र शक्ति बाँडफाँटबारे सहमति जुटाउनेछ र राष्ट्रपतिले दिएको समयसीमाभित्रै नयाँ सरकार गठनका लागि दाबी गर्ने सहमती भएको छ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुको बैठकमा शक्ति बाँडफाँटबारे खुलेर कुराकानी भएको हो ।

    बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन तीनवटै दल सहमत देखिएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij