Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

रञ्जित गजमेरले २५ वर्षपछि नेपाली स्टेजमा मादल बजाए

रञ्जित गजमेरले २५ वर्षपछि नेपाली स्टेजमा मादल बजाए

  • 436
    SHARES
  • रञ्जित गजमेरले २५ वर्षपछि नेपाली स्टेजमा मादल बजाए

    पोखरा । नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा, विशेषगरी भारतमा मादलको देश भनेर चिनाउने संगीतकार हुन् रञ्जित गजमेर । रञ्जित गजमेरको संगीतमा सजिएका नेपाली फिल्मी गीतहरु नेपाली स्रोताको पहिलो रोजाइमा पर्ने गीत हुन् । 

    दैनिक सुने पनि मुम्बई बसेर काम गर्दै आएका उनलाई प्रत्यक्ष सुन्ने मौका बिरलै जुर्छ । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन यस्तै दुर्लभ अवसर जुरेको छ । 

    गजमेर विशेष कार्यक्रम ‘गीत रञ्जित’मा उनले झन्डै २५ वर्षपछि नेपाली स्टेजमा मादल बजाएको देख्न सुन्न पाइयो । उनले हम दोनो दो प्रेमी दुनिया छोड चले, मोहनी लाग्ला है जस्ता चर्चित गीतको धुन मादलमा घन्काए । वर्षौंपछि नेपाली स्रोतामाझ मादल बजाउने क्रममा उनका आँखासमेत रसाएका थिए । 

    नेपाल लिटरेचर फेस्टिभलको बहानामा वर्षौंपछि पोखरा आउने मौका पाएँकोमा एकदम धेरै खुसी लागेको बताउँदै उनले भने, ‘धेरै वर्षपछि यसरी नेपाली बोल्ने मौका पाए । कत्ति वर्षदेखि नेपाली बोल्ने यस्तो मौका पाएको थिइनँ । बम्बैमा त घरबाट निस्केपछि अंग्रेजी बोल्नुपर्यो कि मराठी बोल्नुपर्यो । कि गुजराती कि हिन्दी बोल्नुपर्यो ।’ 

    गजमेरको यो सेसन उनका चर्चित गीतहरुको सन्दर्भ वरिपरि केन्द्रित रह्यो। र, ती गीतहरु स्टेजमा गायक उज्वल सागरले गाए पनि । एकसेएक उत्कृष्ट गीतका संगीतकार रञ्जितले आफ्नो कुनै एक मात्र नेपाली गीत छान्नु पर्यो भने छान्ने गीत हो, झझल्को लिएर आएछ सावन । 

    आशा भोसलेको स्वरमा सजिएको यो गीतको सन्दर्भ बताउँदै गजमेरले भने, ुनेपाली पिक्चरमा नेपाली गायिकाले नै गायो भने राम्रो हुन्छ भन्ने कुरा आयो । तुलसी घिमिरे, मेरो श्रीमती र मैले सोच्दाखेरी काठमाडौंबाट तारादेवी वा दार्जिलिंगबाट अरुणा लामालाई बोलाउनु पर्यो । उहाँहरुको प्लेन खर्च, होटल यो सबै हाम्रो बजेटले भ्याएन,’ उनले भने, ‘मेरो श्रीमतीले एक पल्टलाई आशा भोसलेलाई भनम् भनिन् । आरडी बर्मनलाई यो कुरा भन्दा आफैं आशालाई भन भन्नुभयो। मैले आशा दिदीलाई भन्दा दिदी एकदम खुसी भयो ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij